दराज अनलाइनबाट डिशहोम खरिदमा २०% वा ३ हजार छुट «

दराज अनलाइनबाट डिशहोम खरिदमा २०% वा ३ हजार छुट


अन्तर्राष्ट्रिय टे«ण्डलाई हेर्ने हो भने ११ – ११ अर्थात नोभेम्बर ११ लाई २००९ देखि सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो ।
यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताले अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ । नेपालमा अनलाइन बिक्री सेवा सुरु गरेको अन्तर्राष्ट्रिय इकमर्स साइट दराजले पनि ११÷११ लाई विशेष छुटसहित ग्राहकलाई सेवा दिने गर्दछ ।
दराज अनलाइनमा ११-११ मा सुरु हुने सेलमा दराज अनलाइनमार्फत डिशहोम कनेक्सन, डिशहोम फाइबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा ३ हजार रुपैयाँसम्म डिस्काउण्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ
यो योजना दराज अनलाइमा नोभेम्बर १० अर्थात कात्तिक २६ गते राती १२ बजेबाट २४ घण्टाका लागि खुल्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले डिशहोम, डिशहोम फाइबरनेट तथा डिशहोमका अन्य उपकरणहरु दराजमार्फत अनलाइन अर्डर गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्