सिटिजन्स बैंकका ग्राहकले संगम स्विटस्मा १०% छुट पाउने «

सिटिजन्स बैंकका ग्राहकले संगम स्विटस्मा १०% छुट पाउने

citi

सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनै पनि शाखाबाट मिठाईलगायतका सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहक लाभान्वित हुने, विश्वास बैंकले लिएको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु दिँदै आएको जनाएको छ । कोरोनाको महामारी जारी रहेका बेला बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्