विद्युत् नियमन आयोग छनोट समितिले पूर्णता पायो «

विद्युत् नियमन आयोग छनोट समितिले पूर्णता पायो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोग छनोट समितिलाई पूर्णता दिएको छ । ऊर्जामन्त्री वर्षमान पुनले जलविद्युत्विज्ञ डा. मेघबहादुर विश्वकर्मालाई नियुक्त गरेसँगै समितिले पूर्णता पाएको हो ।
यसअघि मन्त्री पुनले समितिको संयोजकमा मन्त्रालयका सचिव डा. सञ्जय शर्मा र सदस्यमा मन्त्रालयका कानुन हेर्ने सहसचिव तोयानाथ अधिकारीलाई नियुक्त गरे पनि विज्ञ सदस्य नियुक्त गरेका थिएनन् । पूर्णता पाएसँगै आयोगका पदाधिकारीहरू चयनका लागि बाटो खुलेको छ । नियमन आयोग ऐन २०७४ को दफा ५ बमोजिम गठन हुने विद्युत् नियमन आयोगको अध्यक्षलगायत चार जना सदस्यको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्