एक्सन अगेंष्ट हंगर नेपालको स्वास्थ्य सामग्री सहयोग «

एक्सन अगेंष्ट हंगर नेपालको स्वास्थ्य सामग्री सहयोग

एक्सन अगेंष्ट हंगर (एसीएफ) नेपालले ५८ लाख रुपैयाँ बराबरको केएन ९५ मास्क उपलब्ध गराएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा समाज कल्यान परिषदसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त मास्क हस्तान्तरण गरेको एसीएफले जनाएको छ । कोरोना भाइरसको महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीका लागि सहयोगस्वरुप मास्क उपलब्ध गराइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, टेकुमा आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहलाई एक्सन अगेंष्ट हंगर नेपालका निर्देशक फिलिप हामेलले मास्क हस्तान्तरण गरे ।
व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलले एक्सन अगेंष्ट हंगर नेपाललाई कोभिड—१९ महामारीले पारेको असरलाई न्यूनीकरण गर्न देखाएको अग्रसरता तथा तदारुकताका लागि स्वास्थ्य सेवा विभागको तर्फबाट कृतज्ञता व्यक्त गरे । सन् १९७९ मा स्थापित, एक्सन अगेंष्ट हंगर एक संसारभर भोकविरुद्ध लडिरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था हो ।

प्रतिक्रिया दिनुहोस्