इयूले अमेरिकी सामग्रीमा ४ अर्ब डलरको शुल्क लगाउने «

इयूले अमेरिकी सामग्रीमा ४ अर्ब डलरको शुल्क लगाउने

ब्रसेल्स-विमान निर्माता बोइङलाई अमेरिकी सरकारको गैर कानुनी सहयोगलाई लिएर युरोपेली संघ (ईयू) ले ४ अर्ब डलरका अमेरिकी सामग्री र सेवामा शुल्क र अन्य जरिवाना लगाउने भएको छ ।
“अमेरिकाले एयरबसको मुद्धामा विश्व व्यापार संगठनको निर्णयपछि शुल्क लगाएको छ । हामीसँग पनि बोइङको विषयमा संगठनको निर्णय छ । यसले हामीलाई शुल्क लगाउने अनुमती दिएको छ,” ईयू कमिसनका कार्यकारी उपाध्यक्ष भाल्दिस डोम्ब्रोभ्सकिसले बताए ।
“अवश्य पनि हामी उचित समाधानका लागि खुला छौ । दुवै पक्षले उनीहरुको शुल्क फिर्ता लिउन भन्ने हाम्रो प्रस्ताव छ,” उनले थपे । डोम्ब्रोभ्सकिसका अनुसार कतिपय अपिलका बावजुद हालसम्म पनि अमेरिकाले उनीहरुको शुल्क फिर्ता लिन राजी भएका छैनन् ।
गत महिनाको विश्व व्यापार संगठनले विश्वकै ठूलो व्यापारिक ब्लकलाई बोइङलाई दिइएको सहयोगमा अमेरिकी सामग्रीलाई निशाना बनाउन अनुमती दिएपछिको समयमा यो घोषणा आएको हो । एयरबसलाई ईयूको सहयोगका बिरुद्धमा सुरुमा डब्लूटीओले अमेरिकालाई ईयूका ७.५ अर्ब डलरका सामग्रीमा जरिवाना लगाउन अनुमती दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्