बाइडेनको जीतपछि ४५ देखि ५५ डलरको बीचमा पुग्न सक्छ अमेरिकी कच्चा तेल «

बाइडेनको जीतपछि ४५ देखि ५५ डलरको बीचमा पुग्न सक्छ अमेरिकी कच्चा तेल

वासिङटन-अमेरिकामा जो बाइडेन राष्ट्रपति भएपछि अमेरिकी तेल र ग्यासको उत्पादनका लागि सकारात्मक हुन सक्छ । हाइड्रोलिक फ्याक्चरिङमा कडा नियमनकारी नीतिले उत्पादनमा कटौती हुने भएकाले मूल्य बढ्न सक्छ । उत्पादन कटौती हुने आशंकाबीच अमेरिकी तेल आगामी केही महिनामा ४५–५५ डलर प्रति ब्यारेलको बीचमा पुग्न सक्ने छ । अमेरिकी तेल करिब ३८ डलरमा कारोबार भइरहेको छ ।
बाइडेनले सरकारी जल र थल क्षेत्रमा नयाँ ड्रिलिङको अनुमती नदिने र कार्बन–मुक्त भविष्य बनाउन दावी गरेका छन् । यदि बाइडेन प्रतिबद्धतामा अगाडि बढिरहने हो भने २०२५ सम्म अमेरिकी तेल उत्पादन दैनिक २० लाख ब्यारेल सम्म घट्न सक्ने आंकलन गरिएको छ । ट्रम्पको नियामक एजेन्डामा पाइपलाइन र अन्य उर्जा पूर्वाधारका लागि सहज अनुमतीमा जोड दिइएको थियो । यद्यपि ठूला योजनामा उनलाई अत्यन्त कम सफलता मात्रै मिलेको थियो ।
डकोटा एक्सेसको नयाँ अनुमती दिन अस्वीकार गर्न सक्छन् बाइडेन
रिपोर्टका अनुसार बाइडेन डकोटा एक्सेसलाई नयाँ अनुमती दिनबाट अस्वीकार गर्न सक्छन् । यसबाट ३ लाख ब्यारेलसम्म दैनिक बन्द भएको बक्कन आपूर्ति पुनः सुरु हुनबाट बंचित हुन सक्छ र त्याहाँबाट अन्यत्र लैजाने दैनिक क्षमता ११.५ ब्यारेलमा सीमित हुन सक्छ ।
पछिल्लो करिब ३ महिनामा टेक्सास र न्यू मेक्सिकोमा रहेको परमिसन बेसिनमा रहेको अमेरिकाको सबैभन्दा ठूलो तेल क्षेत्रमा फेडरल परमिटिङमा करिब ८० प्रतिशतको वृद्धि देखिएको छ ।
भेनेजुयला र इरानबाट प्रतिबन्ध हटेमा मूल्य ३५ डलरमा झर्न सक्छ
बाइडेनको जीतबाट शेलको उत्पादनको लागत बढ्न सक्छ र डलर कमजोर हुन सक्छ । यदि भेनेजुयला र इरानको प्रतिबन्ध हटेमा यी मुलुकहरु एक ठूलो तेल निर्यातक बन्न सक्छन् । यसबाट ३ ठूला तेल उत्पादकमा उत्पादनको होड सुरु हुन सक्छ र बजारमा तेलको आपूर्ति बढ्न सक्छ । यसले मूल्य ओरालो लाग्ने दबाब बढ्न सक्छ । यो परिस्थितिमा कच्चा तेलको मूल्य ३५ डलर प्रति ब्यारेलसम्म झर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्