विश्वव्यापी अर्थतन्त्र महामारी पूर्वको वृद्धिमा कहिल्यै नफर्कने «

विश्वव्यापी अर्थतन्त्र महामारी पूर्वको वृद्धिमा कहिल्यै नफर्कने

वासिङटन-कोरोनाभाइरस संकटबाट विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभावबाट सुधार अत्यन्त मन्द हुने विश्व बैंकका वरिष्ठ अर्थशास्त्री प्याट्रिक किर्बीले बताएका छन् । वृद्धि दर महामारी पूर्वको तहमा कहिल्यै नफर्कने उनले बताए ।
“केही वर्षका लागि विश्वव्यापी अर्थतन्त्र २०१९ को तह भन्दा तलनै रहने विश्वास हामीले लिएका छौ । यो भन्दा अगाडि रहेको वृद्धि दरमा लगभग कहिल्यै पुग्ने छैन,” किर्बीले मस्को एक्सचेन्ज फोरमको अवधिमा बताए ।
उनका अनुसार विश्वभरीका कतिपय मुलुकमा देखिएको अवस्थालाई २००८–२००९ को वित्तीय संकटकै जस्तै रुपमा तुलना गरिएको छ । तेस्रो त्रैमासको सकारात्मक नतिजाका बावजुद यस किसिमको तुलना गरिएको किर्बीको भनाई थियो ।
कोभिड–१९ को दोस्रो लहर कतिपय मुलुकमा फैलन सुरु भइसकेको छ र विश्वव्यापी सुधार तुलनात्मक रुपमा मन्द भएको उनले बताए । केन्द्रीय बैंकहरु प्रमुख दर न्यून राख्न बाध्य हुने छन् ।

प्रतिक्रिया दिनुहोस्