बजारको सुन्दरता गमला «

बजारको सुन्दरता गमला

तेह्रथुम- नीलो रंगले रंगिएका जस्ताका घरहरू । सुन्दर र मनोरम दृश्यको काखमा रहेको तेह्रथुमको छथर शुक्रबारे बजार । विकासले खासै गति लिन नसके पनि सुन्दर र चिटिक्कै देखिन थालेको छ । छथर गाउँपालिकाको केन्द्रमा रहेको यो बजार व्यापारी केन्द्रका रूपमा समेत परिचिति बन्दै आएको छ । बजारको आहाल डाँडा टोलमा पुग्ने आगन्तुकहरूका लागि भने गमला स्टेनले थप आकर्षण गर्न थालेको छ । हरेक घरका अगाडि विभिन्न प्रजातिका फूलहरूसँगै सजिएका छन् । स्टेन सहितको गमला व्यवस्थापन एक पृथक कार्यक्रम रहेको गमला व्यवस्थापन समितिका लोकेन लिम्बुले बताए ।
झट्टै हेर्दा फूलबारी झै देखिने यो टोलमा पुग्ने जो कोहीको नजर गमलामा फुलेको फूलमा नै पुग्छ । फोहोर व्यवस्थापनका लागिसमेत प्रत्येक घरमा डस्बिन राखिएका छन् । टोल विकास समितिको पहलमा वडा कार्यालयको सहयोगमा गमला स्टेन निर्माण गरी गमला व्यवस्थापन गरेपछि बजार सुन्दरता थपिएको स्थानीय चामुना ठकुरीको भनाइ छ ।
विकासका पूर्वाधारसँगै गाउँ टोल र बजारको सौन्दर्यता एक महत्वपूर्ण हुन्छ । भौतिक संरचना निमार्ण गर्नु मात्रै ठूलो कुरा हैन निर्माण गरिएका संरचनालाई संरक्षण गर्नु प्रमुख कुरा हुन जान्छ । बजार केन्द्रमा रहेको यो टोलमा भौतिक संरचनाका साथै सरसफाइमा अगाडि रहेको र गमला स्टेसन निर्माण योजना ल्याइएको छथर–२ का वडाध्यक्ष कुलबहादुर कार्कीले बताए । बजार क्षेत्रमा निर्माण गरेर राखिएका गमला स्टेन र गमलामा फुलेका फूलहरू पर्यटकहरू मोहित हुन थालेका छन् । यो टोल विकासमा ल्याएको कार्यक्रमलाई अन्य टोल विकास समितिहरूले पनि अगाडि सार्न सके बजार नै सुन्दर हुने थियो ।

प्रतिक्रिया दिनुहोस्