Logo

पहाडमा डिप बोरिङबाट पानी झरेपछि स्थानीय हर्षित

एक लाख ६० हजार लिटर पानी जम्मा गर्ने गरी बनेका ३ वटा ठूला ट्यांकी रहेको यो आयोजनाबाट १ सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

इलाम-पहाडी जिल्ला इलाममा डिपबोरिङमार्फत घरघरमा पानी आउन थालेपछि इलाम नगरपालिका–११ सोयाकका स्थानीय हर्षित भएका छन् । इलाम नगरपालिकाले २ करोड बढी लगानी गरेर डिपबोरिङमार्फत स्थानीयका घरघरमा पानी झारेपछि हर्षित भएका हुन् ।
पानी नभएर विस्थापित भएका सो क्षेत्रका बासिन्दा पानी आउने खबर पाएसँगै पुनःस्थापना हुन थालेका छन् । स्थानीय नरेन्द्रप्रसाद आचार्यले पानी आउने खबरसँगै सोही ठाउँमा फर्किएको बताए । उनले बेंसीमा पानी भएकै ठाउँमा बसाइँ सरेर गएको भए पनि पुनः पहिलाकै ठाउँमा नयाँ घर बनाएर सोही ठाउँमा फर्किएको बताए । उनले लामो समयपछि सो ठाउँमा आएको बताए ।
त्यस्तै स्थानीय टीका पराजुलीसमेत पानी आउने खबरसँगै खुसी भएकी छन् । विवाहपछि सँधै पानी बोक्नमै ब्यस्त रहने पराजुलीका अब पानी बोक्ने समयको बचत भएको छ । झापाबाट ३२ सालतिर विवाह भएर आएकी पराजुली सुरुमा पानी बोक्दा भएको पीडाले धुरुधुरु रोएको सम्झिँदै अब ती दिनको अन्त्य भएको भन्दै खुसी छन् । उनीमात्रै होइन इलाम नगरपालिका–११ सोयाकस्थित गाउ“का हाल ८४ घरपरिवारमा उत्तिकै खुसी छाएको छ ।
इलाम नगरपालिकाले डिपबोरिङ र स्थानीय मुहानको पानी लिफ्टिङ गरेर वितरणको व्यवस्था गरेकाले सिंगो गाउ“बासी खुसी छन् । पानीकै अभावमा यस गाउ“बाट एक दर्जन धेरै झापा तथा अन्य क्षेत्रमा बसाइँसमेत सरेर गएका छन् । ठूलाठूला टारबारी अनि झापा जोड्ने सडक पनि गाउ“बीचबाट खुलेको छ । यही बेला पिउने पानीको पनि समाधान भएकाले यस क्षेत्रका बासिन्दा अब बसाइँ सर्ने सोचमा छैनन् । बरु यही ठाउ“लाई हराभरा बनाउँदै सुन्दर गाउ“को परिकल्पना गर्न थालेका छन् । तराईसँग नजिक रहेको उक्त गाउँ पानीकै ठूलो समस्यामा थिए । अब ती दिनको अन्त्य हुने भएपछि झनै खुसी भएका छन् ।
उक्त गाउ“को प्रमुख समस्या नै खानेपानी रहे पनि अब सो समस्या हट्ने वडाध्यक्ष रविन एक्तेनले बताए । उनले लामो संघर्षपछि समस्या समाधान भएकाले अब गाउ“ले मुहार फेर्न समय नलाग्ने टिप्पणी गरे ।
यो यही गाउ“ भएर देउमाई नगरपालिकाको मंगलबारे हुँदै मेची राजमार्गको रा“केसम्म तराई जोड्ने सडक निर्माण भएको छ । पा“चथर ताप्लेजुङबाट पनि तराई झर्न यो सडक छोटो हुने भएकाले यो क्षेत्रको अवस्थामा सुधार आउन धरै नलाग्नेमा स्थानीय आशावादी छन् । खानेपानी आएर जति खुसी छन् यहाँका बासिन्दा उत्तिकै चिन्तित पनि छन् । उनीहरूको चिन्ता यसको भविष्यमा हो । बीचमा केही समस्या भएर पानी आएन भने ती दिन कसरी बित्लान भन्ने चिन्ता उनीहरूमा छ ।
नगर प्रमुख महेश बस्नेतले खानेपानी योजनाको उद्घाटन गर्दै आयोजना सञ्चालनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले खानेपानीको दिगोरूपमा समस्या समाधान भएकाले यो वडामा अब अन्य विकास निर्माणका कामलाई गति दिने बताए । पानीकै अभावले बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।
एक लाख ६० हजार लिटर पानी जम्मा गर्ने गरी बनेका ३ वटा ठूला ट्यांकी रहेको यो आयोजनाबाट १ सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । त्यस्तै स्थानीय विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीलगायतमा पनि पानीको झन्झट हटेको छ ।
इलाम नगरपालिक र नेपाल सरकारको बिषेश अनुदानमार्फत करिब दुई करोड ४७ लाखको लागतमा निर्माण गरिएको आयोजनामार्फत मिटर जडान गरी पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । बोरिङमार्फत कुनै कारण पानी आउन नसके अर्को मुहानको पानीले अभाव टार्न सकिने नगरपालिकाका इन्जिनियर दीपक गुरागांईले बताए । अन्य मुहानबाट पनि पानी ल्याएर ट्यांकीमार्फत वितरण गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए । सो क्षेत्रको बस्तीमा बाक्लो गरी विस्तार भए पनि अब पानी पु-याउन कठिन नहुने उनको भनाइ छ । सो क्षेत्रका स्थानीय पानी बोक्न जाने समय बचत भएकाले आगामी दिनमा आफ्नो दिनचर्या बदलिनेमा ढुक्क छन् । उनीहरूले सो समयमा अन्य काम गरेर आम्दानी बढाउने सोचमा छन् ।
एक सय २३ मिटर गहिरो डिपबोरिङमार्फत पानी निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्