चार विद्यालयमा सेभेन फ्ल्याग कार्यक्रम «

चार विद्यालयमा सेभेन फ्ल्याग कार्यक्रम

रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तर्गतका ४ वटा सामुदायिक विद्यालयमा सेभेन फ्ल्याग कार्यक्रम सुरु गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य र सरसफाई सम्वन्धि सचेतना दिने उद्देश्यले सेभेन फ्ल्याग कार्यक्रम सुरु गरिएको हो । विद्यालयमा राखिने बिभिन्न ७ झण्डाले विभिन्न सूचकहरुको अवस्था बताउनेछन् । बिद्यालयमा जुन सूचनाको अवस्था राम्रो छ त्यसको झण्डा माथी हुनेछ भने कमजोर अवस्थामा रहेको सूचकको झण्डा तल हुनेछ ।
सूचकहरु शतप्रतिशत भएमा सबै झण्डाहरु एउटै स्तरमा हुनेछन् । नगरका ४ वटै विद्यालयमा राष्ट्रिय झण्डासहित सेतो, निलो, पहेलो, हरियो, रातो, खैरो र गुलाबी रंगको झण्डा राखिएको हो ।
तिनिहरुले विद्यालयको बाहिरी अवस्था, विद्यार्थीको ब्यक्तिगत सरसफाई, खानेपानी र महिनावारी स्वच्छता लगायतका सूचकहरु बनाउने छन् । विद्यालयको झण्डा वाहेक विद्यालय स्वास्थ्य प्रवद्र्धन कार्यक्रमका लागि ७ वटा झण्डा स्थापना गरिएको छ ।
परियोजनाले विद्यालयमा गरेको उपसूचक विश्लेषण अनुसार उक्त झण्डाहरुले प्रत्येक विद्यालयमा हाल सरसफाईको अवस्था ३० प्रतिसश रहेको छ । परियोजना लागू भएको मितिदेखि १ वर्षको अवधिमा विभिन्न सूचकहरुमा अभिवृद्धिको काम गरी पूर्ण सरसफाई युक्त विद्यालय निर्माणमा सहयोग गर्ने ३० प्रतिशतबाट १०० प्रतिशतमा पु-याउने लक्ष्य लिएको छ ।
नगरको वडा नम्वर ४ मा अवस्थित आधारभूत विद्यालय मनकोट, आधारभूत विद्यालय अम्लाटाकुरा, वडा नम्वर ५ मा अवस्थित माध्यमिक विद्यालय खहरे र आधारभूत विद्यालय लहरेसिमलमा उक्त फ्ल्याग राखिएको छ । चौरजहारी नगरपालिका र मानव विकास तथा सामुदायिक सेवा अन्तरगत खानेपानी, सरसफाई तथा जीविकोपार्जन प्रवद्र्धन परियोजनाको समन्वयमा विद्यालयहरुमा सेभेन फ्ल्याग स्थापना गरिएको परियोजना अधिकृत गणेशकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्