आइस्पान अध्यक्षमा पराजुली चयन «

आइस्पान अध्यक्षमा पराजुली चयन

इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) को अध्यक्षमा सुबिसुका अध्यक्ष सुधिर पराजुली निर्विरोध चयन भएका छन् । दुई वर्षे कार्यकाल पूरा गरी नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नेतृत्व हस्तान्तरण गरेका हुन् ।
आइस्पानको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल चयन भएका छन् । महासचिवमा एरो नेटका नबिन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बस्तोला, कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएको आइस्पान निवर्तमान अध्यक्ष भट्टले भने । वरिष्ठ सल्लाहकारमा वल्डलिंकका विजय जलान र भायनेटका विनय बोहरा चयन भएको भट्टले जानकारी दिए । बोहरा आइस्पानका पूर्व अध्यक्षसमेत हुन् । यस्तै, मर्कन्टाइलका मधु अमात्य र वेभ सर्फरका सुरेन क्षेत्री सदस्यमा चयन भएको भट्टले बताए ।
कोरोना महामारीका कारण नयाँ कार्यसमिति सामान्य एवम् आवश्यक साधारणसभाको प्रक्रिया पूरा गरी सम्पन्न गरिएको भट्टले जानकारी दिए । आफ्नो नेतृत्वमा महत्वपूर्ण कामहरु भएको उनले बताए। कोरोना महाव्याधिका कारण अन्य क्षेत्रहरु अस्तव्यस्त बनिरहँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले उचित कदम चालेको उनले दाबी गरे । कोरोनाका कारण सरकारले जारी गरेको लकडाउनको समयमा इन्टरनेट प्रयोगकर्ताका लागि २५ प्रतिशत छुट कुनै विवादविना कार्यान्वयन भएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्