कोरोना न्यू नर्मलका लागि एनसेलको अभियान «

कोरोना न्यू नर्मलका लागि एनसेलको अभियान

कोरोना महामारीले देश आक्रान्त भइरेहको बेला असहज परिस्थितिलाई आत्मसात गर्दै न्यू नर्मल अर्थात नव सामान्यीकरणका साथ अगाडि बढ्न प्रोत्साहन गर्न एनसेलले अभियान थालेको छ ।
कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले सर्ट फिल्ममार्फत यो अभियान थालनी गरेको हो । ‘अनपज’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि सधैँ सँगैं’ अनुरुप सञ्चालन गरेको हो ।
यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउन अर्थात बन्दाबन्दीको अवस्था, असर र अहिलेको विशम परिस्थितीको बेलामा नव सामान्यीकरणका साथ कसरी अगाडी बढ्न सकिन्छ भनेर देखाएको छ ।
यसै अभियानको पाटोको रुपमा नै एनसेलले दसैं अगाडी ‘मुभिङ अहेड वेबीनार सेरिज’ पनि संचालन गरेको थियो । यी वेवीनारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी बन्दाबन्दीले दिएको सिकाई तथा अनुभव, नव सामान्यीकरण तर्फको संक्रमणको समय र कोरोनाको संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भन्ने बहस चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्