हर्सेलर मित्तलको त्रैमासिक घाटा २६.१ करोड डलर «

हर्सेलर मित्तलको त्रैमासिक घाटा २६.१ करोड डलर

नयाँ दिल्ली-स्टील कम्पनी आर्सेलर मित्तलको चालू वित्त वर्षको सेप्टेम्बरमा समाप्त हुने त्रैमासमा २६.१ करोड डलरको घाटा भएको छ । एक वर्ष अगाडिको सोही अवधिको तुलनामा यो त्रैमासमा ५३.९ करोड डलरको घाटा भएको थियो । यो अवधिमा कम्पनीको बिक्री १ वर्ष पहिलेको तुलनामा १६.६ अर्ब डलर भन्दा कम भएर १३.३ अर्ब डलर कायम भएको थियो । यद्यपि जूनसम्मको त्रैमासिकको तुलनामा बिक्री २०.९ प्रतिशत बढी रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको निर्यात २०२ लाख टन भन्दा कम भई १७५ लाख टन कायम भएको छ । यो जून त्रैमासमा १४८ लाख टन थियो ।

प्रतिक्रिया दिनुहोस्