युरोजोनको अर्थतन्त्र दोहोरो मन्दीतर्फ «

युरोजोनको अर्थतन्त्र दोहोरो मन्दीतर्फ

ब्रसेल्स-गत महिना युरोजोनको आर्थिक सुधार रोकिएको आईएचएस मार्किटको नयाँ सर्भेले देखाएको छ । कोभिडको दोस्रो लहर र सम्बन्धित प्रतिबन्धका कारण आर्थिक सुधारमा रोकावट आएको हो ।
एचएस मार्किटको अन्तिम कम्पोजिट पर्चेजिङ मेनेजर्स सूचक गत महिना सेप्टेम्बरको ५०.४ बाट ५०.० मा झरेको थियो । सेवा क्षेत्रको पीएमआई मेदेखिकै न्यून अर्थात् ४८.० बाट ४६.९ मा झरेको थियो । उक्त समयमा युरोपभरी भाइरसको पहिलो लहर आएको थियो । यी सबैले १९ मुलुकको ब्लकमा दोहोरो अवस्थाको मन्दी आउने संकेत गरेको छ ।
“उपभोगका क्षेत्रहरु जस्तै हस्पिटालिटी जस्ता क्षेत्रको कमजोरीका कारण सेवा प्रदायकहरु नराम्ररी प्रभावित भएका छन्,” आईएचएस मार्किटका प्रमुख बिजनेस अर्थशास्त्रीा क्रिश विलियमसनले बताए ।
“लकडाउन नीतिहरु कसिलो भएका छन् । युरोजोनको अर्थतन्त्र कसरी ओरोलो लाग्नबाट जोगिन्छ भन्ने विषय नियाल्न मुश्किल भएको छ । सबै मुलुकका लागि परिदृश्य खराब भएको छ,” उनले बताए ।
आधिकारिक तथ्यांकका अनुसार युरोजोनको अर्थतन्त्र दोस्रो त्रैमासमा ११.८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्