नेपाल मेडिसिटी अस्पताल र भारतको ईसीएचएचबीच सम्झौता «

नेपाल मेडिसिटी अस्पताल र भारतको ईसीएचएचबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र भारतको रक्षा मन्त्रालय, कल्याणकारी विभागअन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (ईसीएचएच) बीच सम्झौता भएको छ ।
नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेसनल एक्रिडिटेसन फर हेल्थ एन्ड हेल्थ केयर प्रोभाइडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पञ्कज बाँस्कोटा र नेपालस्थित भारतीय दूतावासका ईसीएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरेको अस्पतालले जनाएको छ ।
अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले ईसीएचएस कार्यक्रमअन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपालस्थित भारतीय दूतावासअन्तर्गत रहेको ईसीएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिस भई आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्