एक्साइडको नयाँ ब्याट्री बजारमा «

एक्साइडको नयाँ ब्याट्री बजारमा

७४ एम्पियरको एक्साइडको नयाँ ब्याट्री नेपाली बजारमा उपलब्ध भएको छ । एक्साइड इन्डस्ट्रिज्का लागि नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसाथ गर्दै ७४ एम्पियरको ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ल्याएको जनाएको छ ।
सिप्रदी ट्रेडिङ्ग प्रालिअन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेशकुमार तिवारीका अनुसार यो उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो । यसमा प्रयोग भएको पेन्टा एल्वोइले ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ । जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समयसम्म टिक्ने गर्दछ । यो ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र नभइ छिटो चार्ज पनि हुने कम्पनीले जनाएको छ ।
यो ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फलाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुँदैन । सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर यो ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरिकन राख्दा डिस्चार्ज नहुने कम्पनीले जनाएको छ ।
त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुने जनाएको छ । यो ब्याट्री बिएमडब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, ह्युनडाई, मर्सिडिज बेन्ज, निसान, रेनौल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्