हानकुक टायर नेपाली बजारमा, आधिकारिक विक्रेता एलएच सर्भिसेस «

हानकुक टायर नेपाली बजारमा, आधिकारिक विक्रेता एलएच सर्भिसेस

हानकुक टायरले एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएसएस)लाई नेपालका लागि आधिकारिक विक्रेता नियुक्त गरेको छ । एलएचएसएस कम्पनी–२०१८ मा स्थापित भएको हो र कम्पनीको भिजन ‘उपभोक्ताको गतिशीलताका लागि एक मान्न समाधान’ भन्ने लक्ष्यका साथ अगाडि बढेको छ । यस कम्पनीले आगामी दिनमा प्रख्यात आटोमोटिभस् तथा सहायक वस्तुहरू आयत गरी बिक्री वितरण गर्नेछ । हाल ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा संलग्न छ ।
लक्ष्मी समूहअन्तर्गतको एलएच सर्भिसेस र स्पेयर पार्टस् कम्पनीमार्फत उक्त टायर नेपाली बजारमा आएको हो । हानकुक दक्षिण कोरियाको टायर कम्पनी हो जुन विश्वको प्रमुख टायर निर्माण गर्ने ब्राण्ड मध्येमा पर्दछ । कम्पनी पीसीआर, एलटिआर, एसयूभी र टीबीआर खण्डमा बलियो उपस्थितिसँग विश्वको सातौं सबैभन्दा ठूलो टायर बेच्ने ब्रान्ड हो । पीसीआर श्रृंखलामा कम्पनीसँग भेन्टस्, किर्नजी र अप्टिमो श्रृंखला छ जहाँ भेन्टस् उच्च प्रदर्शन श्रृंखला हो भने किर्नजी अधिक मूल्य प्रतिस्पर्धी टायर हो ।
हानकुक टायरलेउच्च इन्धन क्षमता, कम झट्का, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिन्छ । एलएच एसएसले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ । हानकुक पछिल्लो केही वर्षदेखि नेपालमा छ । २०१८ मा हानकुक टायरले लक्ष्मी समूहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवा प्रदान गर्ने योजना लिएर बजारमा आएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्