ई–सेवाको तिहार अफर सार्वजनिक «

ई–सेवाको तिहार अफर सार्वजनिक

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा फोन पे प्रालिले नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् । एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनोट गरी प्रथम पुरस्कार स्वरूप शतप्रतिशत क्यासब्याक, दोस्रो पुरस्कार स्वरूप ५० प्रतिशत रकम क्यासव्याक र तेस्रो पुुरस्कार स्वरूप ई–सेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिनेछ ।
यो अफर कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । ई–सेवाले यसअघि दसैंलाई लक्षित् गर्दै ‘दसैं धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । जुन उपहार योजनामा करिब ३ सयभन्दा बढीले उपहार जित्न सफल भएका थिए । ई–सेवा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनी हो । ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
ई–सेवामा हाल ४७ वटा बैंक सदस्य छन् । यी बैंकबाट ई–सेवामा रकम जम्मा गर्न तथा ई–सेवामा रहेको रकम बैंक खातामा रकम पठाउन सकिन्छ । हाल ई–सेवाका देशभर करिब ४० हजारभन्दा बढी इसेवाएजेन्ट छन् । यी एजेन्टहरूबाट पनि यात्रुहरूले सहजै ई–सेवाका सबै सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्