वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका संशोधन हुने «

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका संशोधन हुने

सरकारले वन्यजन्तुबाट सर्वसाधारणमा पु-याउने धनजनको क्षतिको राहतसम्बन्धी निर्देशिका संशोधन गर्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार गरेको सुधार कार्ययोजनाले वन्यजन्तुबाट हुने क्षतिको राहतसम्बन्धी निर्देशिका, २०६९ लाई संशोधन गरी संरक्षित क्षेत्र बाहिरको हकमा राहत वितरणको जिम्मेवारी डिभिजन वन कार्यालयलाई दिने व्यवस्था गर्ने निर्णय गरेको हो ।
विभागका अनुसार आगामी तीन महिनाभित्र राहत निर्देशिका संशोधन गरिने छ । पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्वका घटनाहरू बढिरहेका छन् । सरकारले वन्यजन्तुका कारण मानिसकोे मृत्यु भएमा, घाइते भएमा, घर भत्काएमा, बालीनाली नष्ट गरेमा, घरपालुवा जनावरको क्षति गरेमा राहत उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय निकुञ्ज विभागको तथ्यांकअनुसार गत वर्ष वन्यजन्तुका ८ करोडभन्दा बढीको आर्थिक नोक्सानी भएको थियो ।
विभागका महानिर्देशक डा. पेमनारायण कँडेलले पहिलेको राहत निर्देशिकामा भएको व्यवस्थालाई सुधार गर्ने र कुन पक्षहरू थप गर्ने अब संशोधन गर्न लागिएको भन्दै निर्देशिकामा भने विषयमा छलफल भइरहेको जानकारी गराए । संशोधन गर्न लागिएको राहत निर्देशिकामा सहज रूप र छिटो क्षतिपूर्ति उपलब्ध गराइने गरी व्यवस्था गर्न लागिएको विभागका सूचना अधिकृत हरिभद्र आचार्य बताउँछन् । “अहिलेसम्म क्षतिपूर्ति समय नै पाइएन, प्रक्रिया झन्झटिलो भयो भन्ने पीडित पक्षको गुनासो बढ्न थाल्यो, अबको संशोधन हुन लागेको निर्देशिकामा पीडित पक्षलाई छिटो र सरल प्रक्रियाले राहत उपलब्ध गराइनेछ,” उनले भने, “अहिलेसम्म केही जंगली जनावारले क्षति पुगेमा मात्रै राहत उपलब्ध गराइन्छ, जस्तै बाँदरको आतंकले कति कृषकहरूको बाली नाली क्षति गरेको छ, कृषकको गुनासो राहत पाइएन भन्ने छ तर बाँदरले क्षति पुगेमा राहत उपलब्ध गराइने व्यवस्था नै छैन, अवकों संशोधनमा यी कुराहरू पनि राख्ने कि भन्ने छ, छलफलमै छौं ।” उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा १० लाख, घाइतेको भएमा २ लाख र गम्भीर घाईते भएमा सबै उपचार खर्च राज्यले बेहोर्ने व्यवस्था छ । तर अब संशोधन गर्न लागिएको निर्देशिकामा भने राहत रहम नबढाइने उनको भनाइ छ । “अब कोर एरियामा कर्मचारी तथा निकुञ्जको सुरक्षामा खटिएका व्याक्तिहरूको वन्यजन्तुको आक्रमणमा परेमा क्षतिपूर्तिको व्यवस्था हुने छ,” आचार्यले भने ।
अहिलेको निर्देशिकामा संरक्षित क्षेत्र र राष्ट्रिय वन क्षेत्रबाहेक अन्यत्र दफा २(क) मा उल्लिखित वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा, गम्भीर घाइते भएमा वा उपचार गर्नु पर्ने गरी घाइते भएको अवस्थामा यस निर्देशिकाबमोजिम राहत रकम उपलव्ध गराइनेछ । त्यसैगरी संरक्षित क्षेत्र र राष्ट्रिय वनक्षेत्र बाहेक अन्यत्र दफा २(क) मा उल्लिखित वन्यजन्तुको आक्रमणमा परी वस्तुभाउको मृत्यु भएमा यस राहत रकम उपलव्ध गराइने र वन्यजन्तुले घरगोठभित्र भण्डारण गरेको अन्नको क्षति गरेमा मात्र क्षतिको मूल्यांकनको आधारमा राहत उपलब्ध गराउन सकिने व्यवस्था निर्देशिकामा छ । निर्देशिकामा प्रयोगमा रहेको घर÷गोठको क्षति गरेमा तथा खाद्यान्न बाली नोक्सान गरेमा मूल्यांकनका आधारमा राहत रकम उपलव्ध गराउन सकिने उल्लेख छ । हिमाली क्षेत्र हकमा विशेष व्यवस्था गर्दै हिमाली संरक्षित क्षेत्रहरूभित्र भएका बस्तीहरूमा वन्यजन्तुले क्षति पु¥याएमा राहत रकम उपलव्ध गराइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्