नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सुरू «

नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सुरू

नेपाल भारत फ्रेन्चाइज एक्स्पो अर्वाड एण्ड समिट सोमबारबाट सुरू भएको छ । सो एक्स्पो भर्चुअल माध्यमबाट गरिएको छ । भर्चुअल एक्स्पोमा उद्योगमन्त्री लेखराज भट्टले नेपालको चर्चित ब्राण्ड भारतमा र भारतको चर्चित ब्राण्ड नेपालमा भित्र्याउने बेला भएको बताए ।
कार्यक्रममा उनले दुवै देशका चर्चित ब्राण्डहरु एक अर्काले भित्र्याउने बेला आएको बताए । उनले भर्चुअल एक्स्पो दुवै देशका व्यवसायीहरुले आ–आफ्नो अनुभव आदान प्रदान गर्ने स्थल बनेको बताए ।
तीन दिनसम्म चल्ने एक्स्पोमा भारतका १ सयभन्दा बढी र नेपालका २५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा उद्योग राज्यमन्त्री मोतिलाल दुगड, उद्योगी बरुण चौधरी लगायतकाले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्