माउन्टेन इनर्जी नेपालको आईपीओ कात्तिक २६ बाट «

माउन्टेन इनर्जी नेपालको आईपीओ कात्तिक २६ बाट

माउन्टेन इनर्जी नेपाल लिमिटेडले कात्तिक २६ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्थानीय आयोजना प्रभावित र सर्वसाधारणका लागि समेत गरेर जारी पुँजीको २० प्रतिशत अर्थात् ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।
निष्कासन अनुमति पाएको मध्ये स्थानीय आयोजना प्रभावितलाई निष्कासन गरेर बाँडफाँड गरिसकेको छ भने दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यसमा २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड भएको छ ।
बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन दिन सकनेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरेमा ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिने सकने जनाइएको छ ।
कम्पनीको धितोपत्र निष्कसन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले म्याग्दीको नीलगिरि खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्