कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच सम्झौता «

कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बुटवलस्थित पवन मिस्ठान भण्डारसँग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् । यसैबीच दीपावली नजिकिँदै गर्दा, ग्राहकवर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाइहरुमा आकर्षक छुट प्राप्त गरी तिहारलाई हर्षोल्लासका साथ मनाउन सकुन भन्ने अभिप्रायले सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् । सो सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरे ।
आफ्ना देशव्यापी १८४ शाखा–सञ्जाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्