कोलोराडोमा दसैं–तिहार शुभकामना कार्यक्रम «

कोलोराडोमा दसैं–तिहार शुभकामना कार्यक्रम

हिन्दूहरुको महान चाड विजयादशमी तथा दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार साँझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरेका छन् । रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा नर्थग्लीनमा प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेलको प्रमुख आतित्थ्यता तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको विशेष आतित्थ्यतामा भएको कार्यक्रममा गायक दिपेशकिशोर भट्टराई तथा स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा संस्थाका महासचिव टिका पौडेलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि लुईटेलले दसैं, तिहार र छठको शुभकामना दिँदै नेपालदेखि टाढा आएर बसोबास गरेर पनि नेपालको धर्म संस्कृतिलाई निरन्तरता दिई संरक्षण र पहिचानमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए ।
अध्यक्ष विनोद त्रिपाठीले अमेरिकामा जन्मेहुर्केका नेपाली बालबालिका तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृति पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्