अपि पावरले बोलायो साधारणसभा «

अपि पावरले बोलायो साधारणसभा

अपि पावर कम्पनीले दुई आर्थिक वर्षको सोह्रौं तथा सत्रौं वार्षिक साधारणसभा मंसिर ८ गते गर्ने भएको छ । साधारणसभामा आर्थिक वर्ष २०७५-०७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र करको लागि ०.२६ प्रतिशत नगद प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०७६-०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र करका लागि ०.४७ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव सभामा पेश गरेको छ ।
कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट कुल १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले हाल जारी गरेको हकप्रद सेयर चुक्ता भई बाँडफाँट भइनसकेका कारण सो हकप्रद सेयरलाई लाभांशमा गणना नगरेको जनाएको छ ।
त्यस्तै कम्पनीले सभामा थप हकप्रद निष्कासन प्रस्ताव पेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५-०७६ र २०७६-०७७ को बोनस, हाल निष्कासन भइरहेको हकप्रद पश्चात कायम हुने चुक्ता पुँजी एक अर्ब ९२ करोड ९७ लाखको आधारमा पुनः १ः०.८५ को दरले हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्