राष्ट्रिय वाणिज्य बैंकद्वारा कम्प्युटर हस्तान्तरण «

राष्ट्रिय वाणिज्य बैंकद्वारा कम्प्युटर हस्तान्तरण

संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखा कार्यालयले संखुवासभा र भोजपुरका केही सामुदायिक विद्यालयलाई २० थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले सामुदायिक विद्यालयहरुलाई कम्प्युटर हस्तन्तरण गरेका हुन् । जिसस प्रमुख शाक्यले कम्प्युटर प्राप्त गरेसँगै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहज हुने भन्दै सही ढंगबाट सदुपयोग गर्न आग्रह गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत वर्षेनि विभिन्न शीर्षकमा सहयोग गर्दै आएको छ । यसैअनुसार यो वर्ष संखुवासभा र भोजपुरका सामुदायिक विद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका खाँदबारी शाखा प्रबन्धक अनिश रायमाझीले बताए । दुर्गम भेगका स्रोत साधन कम भएका सामुदायिक विद्यालयहरुले पेश गरेको प्रस्तावका आधारमा छनौट गरी कम्प्युटर उपलब्ध गराइएको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्