४ अंकले नेप्सेमा गिरावट «

४ अंकले नेप्सेमा गिरावट

सेयर बजारको परिसूचक नेप्से ४.७२ अंकले घटेको छ । आइतबारको कारोबारपछि नेप्से १ हजार ६४० अंकमा कायम भएको छ भने कारोबार रकम उच्च छ । २ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच हुँदा बैंकिङ १४, होटल १५, विकास बैंक ६, फाइनान्स २, उत्पादन १५ र जीवन बिमा समूह ७ अंकले घटेका छन् ।
ब्यापार २४, जलविद्युत् १९, निर्जीवन बिमा १०, अन्य ५ र माइक्रोफाइनान्स २९ अंकले बढेका छन् । यस दिन नेपाल फाइनान्स, हिमालय उर्जा विकास, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन् भने शिवश्री हाइड्रो, एचआइडिसिएल कम्पनीका लगानीकर्ताले पनि करिब १० प्रतिशत मूल्य कमाए ।
कारोबारका आधारमा अग्रस्थानमा रहेको शिवश्री हाइड्रो कम्पनीको २३ करोडको कारोबार भएको धितोपत्र बोर्डले जनाएको छ । अपि पावरको १६ करोडको कारोबार भयो । सानिमा इक्वीटी फण्डको मूल्य ५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्