प्राधिकरणका कर्मचारीमाथि अदालतमा आरोपपत्र «

प्राधिकरणका कर्मचारीमाथि अदालतमा आरोपपत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ मिटर जडानको लागि सेवाग्राहीसँग घूस मागेको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । विद्युत् प्राधिकरण उपवितरण केन्द्र बूढानिलकण्ठमा कार्यरत इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
२० हजार घूस लिइरहेको अवस्थामा शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको थियो । अख्तियारका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय दाबीसहित आरोपपत्र दायर गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्