दसैंमा समेत व्यापार ठप्प «

दसैंमा समेत व्यापार ठप्प

धनकुटा – कोरोना भाइरसका कारण यो वर्ष दसैंमा समेत व्यापार चल्न नसकेको धनकुटाका व्यवसायीहरुले बताएका छन् । ग्रामिण अर्थतन्त्रलाई चलयमान बनाउने ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरुमा समेत कोरोना महामारीको प्रत्यक्ष प्रभाव परेको छ ।
धनकुटाका केहीबाहेक अन्य स्थानीय तहरुले ग्रामिण इलाकामा लाग्ने हाटबजार नलगाउन निर्देशन दिएसँगै विगतका वर्षमा दसैंको समयमा ठूलो आर्थिक कारोबार हुने बजार सुनसान रहे । अघिल्ला वर्षहरुमा दसैं तिहार नजिकिएसँगै धनकुटाका व्यापारीक केन्द्र, साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुइँचो हुने गर्दथ्यो ।
धनकुटाका प्रमुख व्यापारिक केन्द्रहरुमा समेत दसैंको खासै चहल पहल नभएको धनकुटाका व्यवसायी चन्द्रकुमार राईले बताए । उनले भने “कोरोना भाइरस र सरकारले लगाएको लकडाउनबाट थलिएको व्यवसाय दसैंमा केहि तंग्रिएला भन्ने थियो तर दसैंले समेत खासै व्यापारमा उत्साह ल्याएन ।”

प्रतिक्रिया दिनुहोस्