सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने «

सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन लिन सकिने भएको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले अबदेखि अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ ।
आवेदनपछि क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भइसकेपछि ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेस गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउन यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्