यी महिलाले भेटिनन् १० विवाहपछि पनि योग्य पति «

यी महिलाले भेटिनन् १० विवाहपछि पनि योग्य पति

वासिङटन-हिन्दु नारीमा योग्य वर पाइयोस् भनेर तीजको ब्रत बस्ने परम्परा छ । शिक्षितहरुलेत पढाई, कमाई, जागिर, जिउडाल आदी हेर्ने गरेका छन् । तर अमेरिकाकी ५६ वर्षकी लेडी केसीले हाल सम्म १० विवाह गरिसके पनि योग्य पति अर्थात् ‘मिस्टर राइट’ फेला पारेकि छैनन् । उनी यस्तो उपयुक्त पतिको खोजीमा छिन् जसले उनलाई सधै माया गरोस् । अब उनी ११ औं पतिको रुपमा यस्तै व्यक्तिको खोजीमा रहेकि छन् । उनी अझै पनि विवाहको शिलशिला जारी राख्ने पक्षमा छिन् । उनको यो शिलशिला त्यतीबेला सम्म रहनछ, जतिबेला सम्म उनले योग्य वर पाउदिनन् ।
१० औं पति छोड्नै लागेकि उनलाई अहिलेसम्म कति विवाह गरिन् भन्ने कुनै चिन्ता छैन । उनको इच्छा केवल यो मात्रै छ कि ‘मिस्टर राइट’ । उनको विवाहको सबैभन्दा लामो अवधि ८ वर्ष र छोटो ६ महिना मात्रै चलेको थियो ।
केसी केही दिन पहिले डां फिलको च्याट शोमा देखा परेकि थिइन् । उक्त शोमा उनले लामो समयसम्म सम्बन्ध कसरी राख्ने भन्ने विषयको तौर तरिका सिकेकि थिइन् । शोमा उनले बताएकि थिइन्, “जब उनी सम्बन्धलाई लिएर सुविधा महशुस गर्छिन, तब भन्छिन्, अब अति भो, डिभोर्स लिन चाहन्छु ।”
तेस्रो विवाहबाट एक छोरा
केसीको पहिलो दाम्पत्य जीवन ८ वर्ष र दोस्रो ७ वर्ष सम्म रह्यो । तेस्रो करिब साढे २ वर्ष रह्यो । तेस्रोबाट उनको एक छोरा जन्मिएको थियो । उनीहरु दुईबीचको सम्बन्ध त्यतीबेला खराब भयो जब पतिले म तिमीलाई माया गर्छु भन्न छोडे ।

प्रतिक्रिया दिनुहोस्