रौनकविहीन चाडपर्वको शुभकामना ! «

रौनकविहीन चाडपर्वको शुभकामना !

विगतका वर्षहरूको तथ्यांक हेर्दा हरेक वर्ष बडा दसैं, तिहार र छठ पर्वका अवसरमा नेपालीहरूले लगभग डेढ खर्ब रुपैयाँबराबरको किनमेल गर्थे । यसले गर्दा उद्योगी–व्यवसायीहरूले खासगरी व्यापारीहरूले लगभग एक महिनाको अवधिमा निकै राम्रो आम्दानी गर्थे भने धेरै मानिसले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी पनि पाउँथे । एक प्रतिवेदनअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र नेपालको निजी क्षेत्र (प्रतिष्ठान) मा कार्यरत नेपालीहरूले ६० अर्ब रुपैयाँबराबरको चाडपर्व खर्च, विदेशमा काम गर्न गएका नेपालीहरूले दसैंको अवसरमा पठाउने ७० अर्ब रुपैयाँबराबरको रेमिट्यान्स र नेपालमै अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार, साना किसान, पशुपालक, लघुउद्यमीलगायतले २५ अर्ब रुपैयाँबराबर खर्च गर्ने गरेका छन् । तर, यो वर्ष कोरोनाको महामारीका कारण रेमिट्यान्सबाहेकका अरू क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । फलतः दसैं, तिहार र छठ पर्व पनि नराम्रोसँग प्रभावित भएको छ ।
हुन त जातीय र धार्मिक रूपमा हेर्दा अभैm पनि बडा दसैं कसको चाड हो भन्ने विवाद, बहस र छलफल भइ नै रहेको छ । यो पंक्तिकार किराँती महाजातिभित्रको कुलुङ जाति र लिम्बूको भान्जा भएको आधारमा हेर्दा बडा दसैं किराँतीहरूले मान्ने जातीय चाड होइन भन्ने देखिन्छ । किनभने जब पृथ्वीनारायण शाह र उनका भाइभारदारले नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किराँत भूमिलाई वल्लो किराँत, माझ किराँत र पल्लो किराँत (लिम्बुवान) गरी तीन भागमा बाँडे । र, त्यहाँका किराँतीहरूलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरू) लाई सरह ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ पदवी÷पगरी दिइयो । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दू धर्मअनुसारको कर्म गर्ने उर्दी पनि दिइयो । फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरू पाउने मुख्खेलीहरू (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए, उनीहरू आपूmले पनि हिन्दू धर्म मान्नुपर्ने र आपूmमातहतका रैती अर्थात् ज्यामी, जमी वा जिमी (ढाक्रे) हरूलाई पनि ‘बडा दसैंं’मा टीको–जमरो लगाइदिएर हिन्दू धर्म मान्नैपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणका रूपमा धेरै उदाहरणहरू दिन सकिन्छ । जस्तो, यो पंक्तिकार लिम्बूको भान्जा र हाम्रो मावली हजुरबासमेत ‘सानो सुब्बा’ भएकाले के देखेको थियो भने नवमीका दिन बिहान ‘मौलो’मा बोकाको बलि दिएर मौलोको वरिपरि तीन फन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि बाजे अर्थात् ‘सानो सुब्बा’ हत्तपत्त आफ्नो दुवै हात बोकाकोे रगतमा चोपलेर आफ्नो घरको भित्तामा ‘पन्जा छाप’ लगाउनुहुन्थ्यो । तर, अलि पर ठूलो गाउँमा ‘मौजे सुब्बा’ अर्थात् ठूलो सुब्बा थिए । उनले चाहिँ आफ्नो मौलोमा राँगो मार हान्थे भने ती ठूला सुब्बाले पनि मौलोमा मार हानेको राँगोलाई तीन फन्को घुमाइसकेपछि हत्तपत्त आफ्नो दुवै हात रगतमा चोपलेर आफ्नो घरको भित्तोमा ‘पन्जा छाप’ लगाउँथे ।
पछि बुझ्ने भएपछि मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो ? भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो, “अन्त त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।” मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगीप्रति थियो । किनभने हरेक वर्षको दसंैलगत्तै जय गोरखनाथ भन्दै जोगी (फेरी नलगाउने कान फट्टा) आउँथ्यो । तर, अब तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजातिलगायत जात, जाति, धर्म, सम्प्रदायका मान्छेहरूले मान्ने धर्म र उनीहरूका चाडबाड, संस्कार–संस्कृतिहरूलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडका रूपमा मान्यता दिनुपर्ने देखिन्छ । हुन त राज्यले विगतमा हिन्दूहरूको महान् चाड बडा दसैंमा दिँदै आएको लामो बिदा कटौती गरेर छोट्ट्याएको पनि छ । यसलाई पनि हामीले सकारात्मक ढंगले नै लिनुपर्ने हुन्छ ।
यो वर्षको ‘बडा दसैं’ रौनकविहीन भए तापनि बडा दसैं, तिहार, म्ह–पूजा, न्हँु दया भिन्तुना र छठ पर्वको पावन अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
—निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्