अमेरिकी सांसदलाई सुन्दर पिचाइको थर बोल्नै गाह्रो «

अमेरिकी सांसदलाई सुन्दर पिचाइको थर बोल्नै गाह्रो

वासिङटन-अमेरिकी चुनाव संघारमै आइपुग्दा सोशल मिडियाका सीईओहरु अमेरिकी सिनेटमा प्रस्तुत भएका छन् । तर यी प्रमुखहरु मध्ये गुगलका सीईओ सुन्दर पिचाइको नाम लिन अमेरिकी सांसदलाई कठिनाई भएको छ । दर्जनौ सांसदले उनको थरलाई पिक आई, पिह चाई र पिचे भनेर बोलाएका छन् । कयौ पटकको प्रयासका बावजुद सांसदले उनको स्पष्ट नाम उच्चारण गर्न सकेनन् ।
झुठ्ठा समाचार पैmलाएको, चुनावमा गलत सूचना दिएको र घृणायुक्त भाषणको आरोपको जवाफ दिने क्रममा गुगलका सीईओ सुन्दर पिचाई, द्विटरका सीईओ ज्याक डोर्सी र फेसबुकका सीईओ मार्क जुकरबर्ग अमेरिकी संसदीय दलमा उपस्थित भएका थिए । यो अवधिमा अमेरिकी सिनेटरलाई सुन्दर पिचाइको नाम लिन कठिनाई भएको थियो ।
यो विषयको सुनु्वाईको समयमा रिपब्लिकन र डेमोक्रयाटिक दुवै पार्टिका सिनेटर संलग्न थिए ।
उनको नामको गलत उच्चारणको सुरुवात सबैभन्दा पहिले कमर्श, साइन्स र ट्रान्सपोर्टेशन कमिटीकमा अध्यक्ष सिनेटर रोजर विकरले गरेका थिए । उनले सुन्दर पिचाइलाई सुन्दर पिक आई भने र उनलाई समिती समक्ष आफ्नो कुरा राख्नका लागि आग्रह गरेका थिए । सिनेटर एमी क्लोबुचरले उनलमई पी–चे नामबाट सम्बोधित गरेका थिए । पछि उनले सच्याएर सही उच्चारण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्