२०२० को अमेरिकी राष्ट्रपति चुनाव इतिहासकै महँगो «

२०२० को अमेरिकी राष्ट्रपति चुनाव इतिहासकै महँगो

वासिङटन-यस वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपति चुनाव इतिहासकै महँगो हुने भएको छ । यो चुनावमा अघिल्लो चुनावमा भएको खर्चको तुलनामा दोब्बर बढी खर्च हुने अनुमान गरिएको छ । यो वर्ष करिब १४ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । अनुसन्धानमुलक समूह ‘द सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्स’ ले मतदानभन्दा अघिको अन्तिम महिनामा भएको चन्दा वृद्धिका कारण सुरुमा ११ अर्ब डलर खर्च हुने अनुमान लगाइएको भएपनि हाल यसमा थप वृद्धि हुने आशंका व्यक्त गरेको छ ।
अनुसन्धानमूलक समूहका अनुसार डेमोत्र्mयाटिक पार्टिका उमेद्वार जो बाइडेन १ अर्बं अमेरिकी डलर दान प्राप्त गर्ने अमेरिकी इतिहासको पहिलो प्रत्याशी हुने छन् ।
बाइडेनको प्रचार अभियानमा १४ अक्टोबरसम्म ९३.८ करोड डलर प्राप्त भइसकेको छ । यसैगरी ट्रम्पले ५९.६ करोड डलरको कोष चुनाव प्रचारका लागि जुटाइसकेका छन् ।
यो चुनावमा दान दिने विषयमा महिलाले रेकर्डनै तोडेको अनुसन्धानमूलक समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्