घरबाट काम गर्नेको रचनात्मकता र उत्पादकत्व घट्ने «

घरबाट काम गर्नेको रचनात्मकता र उत्पादकत्व घट्ने

लन्डन-कोरोनाभाइरसबाट बच्नका लागि विश्वका प्राय सबै देशका कम्पनीहरुले वर्क फ्रम होभको नीति लागु गरेका छन् ।
यसैबीच बैंक अफ इंगल्यान्डका प्रमुख अर्थशास्त्री एन्डी हालडेनका अनुसार घरबाट काम गर्दा संक्रमणबाट त बच्न सकिन्छ तर यो अवस्था लामो समयसम्म लागु भइरहने हो भने कर्मचारीको रचनात्मकता र उत्पादकत्वमा कमी आउने छ ।
कर्मचारीका आफ्ना सहकर्मीहरुसँग आमने–सामने नहुनाले टीमवर्कमा कमी आउने हालडेनले बताएका छन् । यसको असर अर्थव्यवस्थामा पर्ने धारणा उनको छ । यसले बजारको प्रतिस्पर्धा नहुने त छदैछ आपसी प्रतिस्पर्धाको स्तरमा पनि व्यापक कमी आउने छ ।
हालडेन ६ महिनामा केवल २ पटक मात्रै कार्यालय गएका छन् । यसले उनलाई धेरैनै फाइदा पुगेको छ । सधै कार्यालय जाने अवस्थाबाट उनलाई मुक्ति मिलेको छ । यद्यपि अन्य कामका कारण वर्क फ्रम होममा सोच्ने र तर्कशीलतामा कमी आएको छ ।
उनका अनुसार सातामा कार्यालयमा पाँच दिन काम गर्ने नीतिमा खुकुलोपना ल्याउने समय आएको छ । तर पुरै साता घरबाट काम गर्ने स्वतन्त्रता दिइयो भने यसको परिणाम राम्रो हुदैन । सम्भवतः यसको असर उत्पादकत्वमा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्