एडीबीको डेढ करोड अनुदान «

एडीबीको डेढ करोड अनुदान

एसियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढंगले इँटा उत्पादनका लागि नेपाललाई साढे एक करोड बराबरको अनुदान सहयोग गरेको छ । आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने सो प्रविधिको विकासका लागि एडीबीले १ लाख २५ हजार डलर अर्थात डेढ करोड बराबर सहयोग गरेको हो । एडीबीले सहयोगबाट भावी दिनमा समेत नेपालमा स्वपुँजी लगानीमा वृद्धि हुने अपेक्षा गरेको छ । एडीबीका अनुसार दक्षिण एसियामा विश्वको इटा उत्पादनमध्ये एक चौथाई घर इटाले बनेका छन् भने नेपालमा परम्परागत इटा बनाउन कामका लागि १ हजार ६ सय भट्टाका लागि १० लाख टान कोइला आवश्यकता पर्दछ । बढ्दो सहरीकरण, आवास र यातायात पूर्वाधार निर्माणका लागि इन्धनको माग बढीरहेको छ भने यसको कारणले वार्षिक ६ सयको मृत्यु भएको छ भने प्रत्येक बर्ष ४ करोड ६० लाख खर्च बढ्दो छ । एडीबीका प्रमुख लगानी विशेषज्ञ डोमिनिक मेलरले इटा उत्पादनको नयाँ प्रणालीले उद्योगलाई बदल्नका लागि सहयोग गर्ने र यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्