दसैंमा समेत व्यापार ठप्प «

दसैंमा समेत व्यापार ठप्प

धनकुटा- कोभिड–१९ को असरले यो वर्ष दसैंको मुखमा समेत धनकुटामा व्यापार व्यवसाय हुन नसकेपछि धनकुटाका व्यवसायी चिन्तित बनेका छन् । ग्रामिण अर्थतन्त्रलाई चलयमान बनाउने ग्रामिण इलाकाका साप्ताहिक र छोटी बजारहरुमा समेत दसैं बजारको चलहपहल खासै हुन नसकेको सर्वसाधारणहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा दसैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्न सर्वसाधारणको घुइँचो हुने गर्दथ्यो । तर यो वर्ष न सर्वसाधारणमा दसैं आएको उमंग छ न त व्यवसायी नै उत्साहित छन् । धनकुटाका प्रमुख व्यापारिक केन्द्रहरुमा समेत दसैंको खासै चहल पहल देखिँदैन । धनकुटाका व्यवसायी चन्द्रकुमार राईले भने, “कोरोना भाइरस र सरकारले लगाएको लकडाउनका कारण थलिएको व्यावसाय दसैंमा केही तंग्रिएला भन्ने थियो । तर दसैंले समेत खासै व्यापारमा उत्साह ल्याएन ।”

प्रतिक्रिया दिनुहोस्