जाडोयाममा साइकलको उपयोगिता «

जाडोयाममा साइकलको उपयोगिता

विश्व कोरोनाको चपेटामा परेको अहिलेको विषम परिस्थितिमा यो महामारीसँग जुधेर स्वास्थ्य सुरक्षा अपनाई अगाडि बढ्नुको विकल्प छैन । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आ–आफ्नो कार्यसम्पादनमा उत्रनुपर्ने जोड दिइएको छ भने विभिन्न स्वास्थ्यविद्हरूका अनुसार कोरोना भाइरसलाई सामान्य नठानौं, यो महामारीले विश्वमा धेरै मानिसको ज्यान लिन्छ र लिइरहेको पनि छ । तर, मानिसहरूले सामान्य स्वास्थ्य मापदण्ड पनि पालना नगरेकाले चिकित्सकहरू भने दुःख मान्छन् । सरकारले तोकेको मापदण्ड मात्र पालना गर्ने हो भने यो महामारीबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।
सामान्यतया कोराना भाइरस एक जीवाणु हो । यसले मानिसको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएर मानिसहरूमा भएको भित्री जटिल रोगहरूलाई उक्त रोगसँग लडी शरीरलाई शिथिल बनाउँछ र अन्त्यमा श्वास–प्रश्वासमा समस्या आई मृत्युसमेत गराउँछ । तर हामीलाई चाहिएको छ— आत्मबल, रोग प्रतिरक्षा प्रणालीसँग लड्ने क्षमता र स्फूर्त शरीर । यति भएमा कोरोना तथा कुनै सरुवा रोेग लागे सकभर शरीरले रिकभर गर्ने गर्छ ।
मुलुकमा दिनानुदिन कोरोनाले धेरैभन्दा धेरै मानिस संक्रमित भएको अवस्थामा झन् अहिले जाडो महिनाको सिजन सुरु नहुँदै धेरै मानिस बालबच्चा, केटाकेटीलगायत वृद्धवृद्धा तथा युवापिँढीमा मौसमी रुघाखोकी देखा पर्न थालिसकेको छ । योसँगै कोरोनाको उच्च जोखिम पनि उत्तिकै छ । अब यसका लागि जाडोमा शरीर तन्दुरुस्त बनाउने भनेको जाडोमा साइकलको उपयोगिता नै उत्तम हो । जतिजति बढी हामी साइक्लिङ गर्छौं त्यति नै हाम्रो शरीरमा ऊर्जा आउँछ । शरीरको तापक्रम वृद्धि भई शरीरमा आएको पसिनाले शरीरभित्र रहेको विकारयुक्त पदार्थलाई बाहिर ल्याउन मद्दत गर्छ र शरीर पनि तन्दुरुस्त रहन्छ । यस्तो क्रियापलाप दिनहुँ बिहान–बेलुका गर्नाले पनि शरीर फुर्तिलो बनाउँछ ।
तर, यो महामारीले न त गरिब भन्छ, न त धनी भन्छ । यो रोगले कसैलाई पनि नछाड्ने भएकाले शरीरलाई तन्दुरुस्त बनाइराख्न जाडोयाममा साइकल चलाउनु उपयुक्त हुन्छ भने हामीले आफ्नै घरभित्र रहँदा पनि विभिन्न कसरत गर्न सक्छौं, योगाहरू गर्न सक्छौं, घरको कौसीमा हिँड्न सक्छौं । जताबाट भए पनि शरीरलाई फुर्तिलो बनाइराख्नु नै कोरोना भाइरससँग जुधेर अगाडि बढ्नु हो ।
जाडोयाममा साइकल चलाउनु भनेको शरीरलाई एक प्रकारको उर्जा दिनु हो र शरीरभित्र रहेका मांसपेसीहरूलाई चलायमान पनि राख्नु हो । त्यसैले जाडोयाममा मात्र नभएर कुनै पनि समयमा साँझबिहान साइकल चलाउनु शरीरका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । तर, पछिल्लो समयअनुसार अब राजधानीमा कोरोनाको अत्यन्तै भयावह अवस्था सिर्जना हुने निश्चित नै देखिन्छ । किनभने एक त मौसमी परिवर्तन अर्थात् रुघाखोकीको समस्या, अर्को कुरा १ लाख ५० हजारभन्दा बढी मानिस राजधानीबाट बाहिर घर गएका र तिनीहरूको आवतजावत राजधानीमा देखिनुले संक्रमणले भयावह स्थिति सिर्जना हुने प्रस्ट छ । तर, यसको अत्यन्तै प्रभाव भनेको विशेष गरी केटाकेटी र वृद्धवृद्धालाई बढी देखिने गर्छ । त्यसैले पनि विशेष गरी वृद्धवृद्धा तथा केटाकेटीहरूलाई यस महामारीबाट जोगाउनु अत्यन्तै महŒवपूर्ण हुन्छ ।
विशेष गरी घरमा भएका दीर्घरोगी वृद्ध बाआमा तथा बच्चाहरू यो रोगको महामारीमा बढी पर्ने गरेका छन् । त्यसैले घरमा रहँदा पनि अत्यन्तै सुरक्षित रहनुपर्छ । सकेसम्म घरमा आफैं सुरक्षित आइसोलेसनमा बस्नुपर्छ भने आवश्यकअनुसार वृद्धवृद्धाहरूलाई घरमा नै व्यायाम गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्