Logo

स्थानीय तहमा बैंकिङ व्यवस्थापन

मुलुकमा संघीयता लागू भएसँगै र तीनै तहको निर्वाचन भएर स्थानीय सरकारहरूले काम गर्न थालेसँगै गाउँगाउँमा आर्थिक गतिविधि बढ्न थालेको छ ।

हाम्रो देशमा संघीय संविधान बनेर संघीय राज्यव्यवस्था लागू भएसँगै बैंक पनि संघीय स्वरूपमा काम गर्ने अभ्यासमा झुटेका छन् । यसरी राष्ट्र बैंकले पनि ७ सय ५३ ओटै स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा पु-याउन बैंकहरूलाई निर्देशन गरिसकेपछि हाल आएर धेरैजसो बैंकले स्थानीय तहमा आफ्ना शाखा विस्तार गर्न लागेका छन् । मुलुकमा संघीयता लागू भएसँगै र तीनै तहको निर्वाचन भएर स्थानीय सरकारहरूले काम गर्न थालेसँगै गाउँगाउँमा आर्थिक गतिविधि बढ्न थालेको छ । यस कारणले गर्दा स्थानीय सरकारहरूको आर्थिक गतिविधि बढेसँगै बैंकलाई पनि गाउँ जान सजिलो भएको छ । यसको फलस्वरूप वित्तीय साक्षरता पनि बढ्न थालेको छ । आउँदा दिनहरूमा सिंहदरबारमा मात्र केन्द्रित रहेको आर्थिक क्रीयाकलापहरू अब गाउँघरमा विस्तार हुन लागेको छ । अबका दिनमा आर्थिक समृद्धिको विकासको पाइला चाल्नका लागि बैंकहरूलाई कारोबार विस्तारको सुवर्ण अवसर प्राप्त भएको छ ।
यसर्थ विभिन्न वित्तीय संस्थाहरूबाट आर्थिक कारोबार गर्ने बानी क्रमशः विकास हुँदै गएको छ । देशमा बढ्दो जागरण अभियानबाट द्रुत गतिमा फैलिँदो डिजिटल सुविधाले बैंक र ग्राहक दुवैलाई सहज बनाएको छ । यसको फाइदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनताले सजिलैसँग उपभोग गर्न सहज भएको छ । यसरी पहल गरेर फाइदाको अवसर जुटाउने कार्यको माध्यम नै बैंक हो । देशमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले ७ सय ४७ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको दुुई महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या ६ मात्र रहेको छ । राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरूको कुुल संख्या भने यस अवधिमा १ सय ४९ कायम भएको छ । सोअनुुरूप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रिय स्तरका समेत गरी १९ वटा विकास बैंक, २१ वटा फाइनान्स कम्पनी, ८१ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।
राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ भदौ मसान्तसम्ममा कुुल २ सय ७ वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये १ सय ५७ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५० वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल शाखा संख्या भने ९ हजार ८ सय ५१ पुुगेको छ, जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखा संख्या ४ हजार ५ सय ५ वटा, विकास बैंकका १ हजार २१ वटा, फाइनान्स कम्पनीहरूको २ सय ४६ वटा र लघुुवित्त वित्तीय संस्थाहरूको ४ हजार ७९ वटा शाखा सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या ८ हजार ६ सय ८६ रहेको थियो ।
नेपालमा बदलिएको संघीय राज्य संरचना बैंकका लागि अवसरझँै भएको छ । विगतमा द्वन्द्वको अवस्था थियो । स्थानीय तहको निर्वाचन हुन नसकी राजनीतिक रिक्तताको अवस्था थियो । हाल आएर संघीयमा विश्वका २८ देशहरूले अपनाएको अवस्था छ । हाम्रो देशमा पनि यस व्यवस्थालाई सफलतापूर्वक कार्यान्वयन गर्न सकेको खण्डमा गाउँगाउँको आर्थिक समृद्धि बढ्ने, वित्तीय साक्षरता बढ्ने र यससँगै बैंकिङ व्रिmयाकलाप बढ्ने देखिन्छ । त्यसकारण बैंकहरूले संघीय राज्यव्यवस्थाको सहयोगमा वित्तीय पहुँच पु¥याउन सक्ने एउटा आधार अहिले बनेको छ । यसर्थ बैंकले आफ्नो दायरा फराकिलो बनाउँदै लगेका छन् । यसबाट बैंकले दिने सेवासुविधा विस्तारित हँुदै गएका छन् । मूलतः सुविधा बढाएर मानिसहरूलाई बैंकसम्म ल्याउने काम गरेका छन् । आफ्नो जग सम्पूर्ण रूपमा बलियो बनाउँदै गएका बैंकहरूको साँच्चै नै नवीनतम दिनहरू सुरु भएका छन्् । राष्ट्रको बैंकिङ क्षेत्र साँच्चै नै २१ औं शताब्दीमा नयाँ कालखण्ड वा मोडमा उभिएको छ । यसरी खुल्ने ग्रामीणस्तरका बैंकहरूले आफ्नो दायित्व इमानदारीपूर्वक गर्नुपर्ने हुन्छ । यद्यपि, बैंकहरूले सामाजिक उत्तरदायित्वसमेत अझै धेरै वहन गर्नुपर्ने बेला आएको छ । विगतको जस्तै अत्यन्तै पारदर्शी हुँदै गएमा बैंकिङ क्षेत्रहरूको भविष्य निश्चित उपलब्धि हासिल गर्न सहयोग पुग्ने कुरामा कसैको पनि विमति नहोला ।


माथिको तालिकाअनुसार प्रदेश नं. १ का कुल १ सय ३७ स्थानीय तहमध्ये हालसम्म १ सय ३६ बैंकका शाखा खुलेका छन् । यस क्षेत्रमा अब १ मात्र बैंक खुल्न बाँकी रहेको छ । त्यसैगरी प्रदेश नं. २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३६ वटामा नै शाखाहरू खुलेका छन् । त्यस्तैगरी वाग्मती प्रदेशमा १ सय १९ स्थानीय तहमध्ये १ सय १७ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अब २ वटा स्थानीय तहमा मात्र बैंकहरूको शाखा खोल्न बाँकी रहेको छ । त्यसरी नै गण्डकी प्रदेशमा भने कुल ८५ स्थानीय तहमध्ये हालसम्म ८५ वटामा नै बैंकको शाखाहरू खुलेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा १ सय ९ स्थानीय तहमा भने सबैमा बैंकका शाखाहरू खुलेका छन् । त्यसरी नै कर्णाली प्रदेशमा भने ७९ स्थानीय तहमध्ये ७८ वटामा बैंकका शाखाहरू पुगेका छन् भने खुल्न बाँकी १ वटा स्थानीय तहमा निकट भविष्यमा खुल्नेछ । सुदूरपश्चिम प्रदेशमा भने ८८ स्थानीय तहमध्ये ८६ वटामा बैंकका शाखाहरू खुलेका छन् भने २ वटा स्थानीय तहमा निकट भविष्यमा बैंकका शाखा खुल्ने आशा गर्न सकिन्छ । यसरी सातै प्रदेशमा अर्थात् देशभरमा जम्माजम्मी ७ सय ४७ वटा शाखाहरू खुलेका छन् भने बाँकी रहेका ६ वटा बैंकका शाखाहरू भने निकट भविष्यमा खुल्ने सम्बन्धित निकायहरूले जानकारी दिएका छन् ।
समग्रमा भन्नुपर्दा सरकारले वित्तीय पहुँच पु-याउने लक्ष्यका साथसाथै सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु-याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा पु-याई वित्तीय पहुँच पु-याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ । सफलताको बाटोमा भए पनि नेपालको बैंकिङ क्षेत्र थुप्रै चुनौतीका माझमा छ । बैंकिङ व्यवस्थापकले खासगरी विश्वव्यापीकरण, तीव्र परिवर्तनशील प्रविधि, गुणस्तर व्यवस्थापन, सामाजिक उत्तरदायित्व, सशक्तीकरण र मानव संसाधन व्यवस्थापनका चुनौतीहरू हुन् । यस्ता चुनौती पनि सामना गर्न सक्ने व्यवस्थापक नेपालको बैंकिङ क्षेत्रमा छन् । प्रविधि प्रयोगमा बैंक निकै अगाडि छन् । नेपालको बैंकिङ क्षेत्र अग्रगतिमा छ । पछिल्लो समय नेपालको राज्य संरचना फेरिएसँगै बैंक गाउँगाउँ पुग्दैछन् । बदलिएको संघीय राज्य संरचना बैंकका लागि अवसरझँै भएको छ । विगतमा द्वन्द्वको अवस्था थियो । स्थानीय तहको निर्वाचन हुन नसकी राजनीतिक रिक्तताको अवस्था थियो । अहिले गाउँगाउँमा सरकार पुगेको छ । सातओटै प्रदेशले सव्रिmय रूपमा काम थालेका छन् । देशैभर सुरक्षा व्यवस्था सुदृढ हुँदैछ । स्थानीय सरकारको सव्रिmयतासँगै आर्थिक गतिविधि बढ्दैछ । गाउँबाट सहर पसेका मानिस अवसरको स्थानान्तरणसँगै गाउँ नै फर्किन थालेका छन् । उनीहरू बैंकसँग मिलेर व्यवसाय गर्न थालेका छन्; जसले गर्दा बंैकलाई काम गर्न, बजार बनाउने अवसर नै भएको छ । दूरदर्शी बैंकरले ती सम्भावना बुझेर नै गाउँगाउँसम्म शाखा विस्तारलाई प्रतिस्पर्धात्मक रूपमा अघि बढाएका छन् । बैंकमाथि मानिसहरूको विश्वास बढेको छ । अब साना स्तरका व्यापारीहरूले पनि स–सानो ठानिएको कारोबार पनि बैंकबाट हुन थालेको छ । अबका दिनमा बैंक मानवका लागि अपरिहार्य नै भइसकेको कुरामा कसैको पनि दुईमत नहोला ।

प्रतिक्रिया दिनुहोस्