सस्तोडिलको ‘बिग डिल एट सस्तोडिल’ अफर घोषणा «

सस्तोडिलको ‘बिग डिल एट सस्तोडिल’ अफर घोषणा

नेपालको अग्रणी स्थानीय ई–कमर्स सस्तोडिल डटकमले दसैंको अवसर पारेर ‘बिग डिल एट सस्तोडिल’ अफर ल्याएको छ । असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म चल्ने अफरमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने सस्तोडिलका संस्थापक अमुन थापाले बताए ।
सस्तोडिलको अफर अनलाइन सपिङ माध्यमको सबैभन्दा ठूलो मेला भएको थापाले बताए । यसले देशभरका विक्रेताहरुको उत्पादनहरुलाई एउटै प्लेटफर्ममा सामेल गर्नेछ । विभिन्न आकर्षक अफरसँगै निशुल्क होम डेलिभरी गरिने थापाले जानकारी दिए ।
पछिल्लो समय बजारमा रुचाइएका र उत्कृष्ट ३० भन्दा बढी उत्पादनहरू समावेश गरिनेछ बताइएको छ । महिला पुरुषका फेसन, स्मार्टफोन र ट्याबलेटहरू, घरायसी उपकरण, साङ्गितिक उपकरण लगायतका उत्कृष्ट उत्पादनहरू उपभोक्ताले फेला पार्न सक्षम हुने थापाले जानकारी दिए । यो अफर सपिङ मेलाको सबैभन्दा आकर्षण मानिएको छ । जसअन्तर्गत ३० भन्दा बढी लोकप्रिय ब्रान्डका सामान ८० प्रतिशतसम्म छुट व्यवस्था छ । क्यासब्याक अफर, फ्ल्यास सेल र विशेष ब्रान्ड, लक्की ड्र र गिफ्ट ह्याम्परलगायतका भारी छुटका साथ सार्वजनिक गर्नेछन् । ग्राहकहरूले सस्तोडिलको वेबसाइटबाट खरिद गर्दा ५ हजारभन्दा बढीको छुट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्