अटोमोबाइल डिलर्स संगठित «

अटोमोबाइल डिलर्स संगठित

अटोमोबाइल डिलर्सको छाता संगठन नेपाल अटोमोबाइल्स डिलर्स एसोसियशनको सुदूरपश्चिमस्तरीय समिति गठन भएको छ ।
व्यवसायीहरुको भेलाले सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसन (साडा) गठन भएको मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी जनाएको हो । साडाको अध्यक्षमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा चयन भएका छन् ।
साडाका उपाध्यक्षहरुमा साहनवाज आलम, परशुराम चपाइँ, गौरव अग्रवाल, महासचिवमा श्याम जोशी, सचिवमा प्रदीप जोशी र कोषाध्यक्षमा अभियान खड्का चयन भएका छन् । सदस्यहरुमा मसकुर अहमद, श्याम ओझा, प्रेम साउद, राजीव हमाल, महेन्द्र सिंह, समुन्द्र भण्डारी र भुवन भट्ट चयन भएको अध्यक्ष ओझाले बताए ।
साडाको सल्लाहकार सदस्यमा नविन जोशी, राजेश भण्डारी र राकेश कर्माचार्यलाई चयन गरिएको छ । साडाले नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) प्रदेश समितिको रुपमा काम गर्ने अध्यक्ष ओझाले बताए । यसअघि अटोमोबाइल्स डिलर्सहरुको छाता संगठन सुदूरपश्चिम प्रदेशमा थिएन ।

प्रतिक्रिया दिनुहोस्