क्लासिक टेकका ग्राहकलाई छुट योजना «

क्लासिक टेकका ग्राहकलाई छुट योजना

क्लासिक टेक प्रालिले ग्राहका लागि ५ हजार ५ सयसम्मको छुट पाइने अफर ल्याएको छ । कम्पनीले ५ हजार ५०० मूल्य बराबरको इन्टरनेट सेवाको रिचार्जमा छुट र बोनस दिने भएको हो ।
दसैंको अवसरमा ल्याएको यो अफरअनुसार कम्पनीका हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेमा उक्त छुट पाउने छन् । त्यसैगरी ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा २ हजार ८ सय बराबरको छुट पाउने बताइएको छ । कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफर समेत सार्वजनिक गरेको छ । यसअनुसार क्लासिक टेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरी आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ ।
उनीहरुले रेफर योजनाअन्तर्गत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निशुल्क पाउने छन् । ६ महिनाको सब्सक्रिप्सनमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी निशुल्क पाउनेछन् । तीन महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपीटिभी उपलब्ध हुने बताइएको छ । यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकहरुको लागि हुने क्लासिक टेकका प्रमुख सेल्स र मार्केटिङ्ग अफिसर बिनय अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्