ग्लोबल आइएमई बैंकका नयाँ शाखारहित बैंकिङ्ग सेवा «

ग्लोबल आइएमई बैंकका नयाँ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२७ पुगेको छ ।
बाग्लुङ्गको जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा टेकबहादुर कामी र डोटीको जिल्लाको शिखर नगरपालिका–९, उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न सेवा प्रदायकको शुल्क तथा महसुल तिर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ती स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म आफ्नोसेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २२७ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत २० लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्