फुडमाण्डु र डक्टर्स अन कल बीच सहकार्य «

फुडमाण्डु र डक्टर्स अन कल बीच सहकार्य

फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको फुडमाण्डु प्रालिले हालै डक्टर्स अन कल नेपाल (डीओसी) का साथ साझेदारी गरेको छ । फुडमान्डुले आफ्नो स्टाफ सदस्यहरू र ग्राहकहरूको स्वास्थ्य र सुरक्षाको बारेमा विशेषज्ञहरूको सल्लाह लिइरहेको छ । कम्पनीमा संलग्न सबैको राम्रो स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रयास अन्तरगत फुडमाण्डुले डीओसीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापछि डिओसीले स्वास्थ्य र सुरक्षा सल्लाहकारको भूमिका खेल्नेछ ।
यसले प्लेटफर्मबाट अर्डर गर्न सुरक्षित छ भनेर ग्राहकहरुलाई सुनिश्चित गर्न र आश्वासन दिनेछ । डीओसीले सुरक्षा कदमहरूलाई प्राथमिकता दिन, स्क्रीनिंग प्रोटोकोललाई सुदृढ गर्न, मानव संसाधन नीति लागू गर्न, कोभिड–१९ का लक्षण बारेमा कर्मचारीलाई शिक्षित पार्दै तालिम र वर्कसपमार्फत रोकथामको कार्य गर्ने कम्पनीले जनाएको छ ।
फुडमान्डुले उनीहरूको पार्टनर रेष्टुरेन्टहरूसँग डेलिभरी साइकलमा सुरक्षाको कमीहरू हटाउने आशामा सुरक्षा मापदण्ड गाईडलाइनहरु कार्यान्वयन गर्न पनि प्रयत्न गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्