टाटा नेक्सनको बुकिङ आगामी सोमबारदेखि

टाटा मोट्र्सले बोल्ड र स्पोर्टी एसयूभी टाटा नेक्सनको बुकिङ आामी सोमबारदेखि सुरु हुने भएको छ । टाटा मोट्र्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालीले टाटाको नयाँ कारको बुकिङ खुलाएको हो । सहरहरूका लागि सहज र उत्कृष्ट मानिएको यस टाटा नेक्सनमा कारमा हुनुपर्ने सबै विशेषताहरूलाई समावेश गरेको दाबी कम्पनीको छ । उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको यस टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’मा आधारित टाटा मोटर्स्को चौथो उत्पादन हो ।
टाटा नेक्सनको बुकिङका लागि उपभोक्ताले २५ हजार रुपैयाँमा गर्न सक्नेछन् । इन्डिया अटो एक्सपो २०१४ मा पहिलो पटक प्रदर्शनमा आएको टाटा नेक्सन त्यो बेलादेखि नै चर्चाको विषय बनेको टाटा मोट्र्सका इन्टरनेसनल बिजनेस हेड प्यासेन्जर भेकल डिभिजन सुजन रोयले बताए । पृथक स्टाइलिङ र तारिफ योग्य विशेषताहरूले टाटा नेक्सन युवा ग्राहकहरूका लागि सहरी क्षेत्रमा उत्कृष्ट सावित हुने उनको विश्वास छ । नेक्सनाको साथ नेपालमा तीव्र गतिले बढ्दै गरेको एसयूभी वर्गमा नयाँ बेन्चमार्क तय गरेको रायको दाबी छ ।
टाटा नेक्सनमा दुई नयाँ इन्जिन, रिभोट्रोन सिरिजको १.२ लि टर्बोचार्जयुक्त पेट्रोल र १.५ लि डिजल इन्जिनमा उपलब्ध हुनेछ । सहज र सरल ड्राइभका लागि ६ स्पिड ट्रान्समिसन कारमा उपलब्ध हुनेछ भने नेक्सनमा २ सय एमएमको ग्राउन्ड किलिरेन्स छ ।