जियोको प्रेरणाको स्रोत १ हजार भारु लिएर मुम्बई आएका धिरुभाइ अम्बानीःमुकेश अम्बानी «

जियोको प्रेरणाको स्रोत १ हजार भारु लिएर मुम्बई आएका धिरुभाइ अम्बानीःमुकेश अम्बानी

नयाँ दिल्ली-रिलायन्स जियोको प्रेरणको स्रोत १ हजार भारु लिएर मुम्बई आएका उनका पिता धिरुभाई अम्बानी भएको मुकेश अम्बानीले बताएका छन् । जुन किसिमबाट जियोले सुरुवाती सफलता प्राप्त ग-यो, आज यो भारतको सबैभन्दा ठूलो नेटवर्क बनेको उनले बताए ।
अचम्मको कुरा के छ भने एक स्कूलका शिक्षक धिरुभाई अम्बानी करिब ६० वर्ष पहिले केवल १ हजार भारु लिएर मुम्बई आएका थिए । त्यसपछि उनले ठूलै व्यापारिक साम्राज्य खडा गरे । एक बीजेपी नेता एन के सिंहको पुस्तक ‘पोट्रेट अफ पावरः हाफ अफ सेन्चुरी अफ बिइङ एट रिंगसाइड’को विमोचन समारोहलाई सम्बोधन गर्दै मुकेश अम्बानीले रिलायनस जियोको सफलताको बारेमा बताएका हुन् ।
जियो ल्याउने प्रेरणा
मुकेशका पिता सधै नयाँ प्रविधि प्रयोग गर्ने विषयमा जोड दिन्थे र यसैकारण रिलायन्स समूह पेट्रोकेमिकल, टेक्सटाइलबाट अगाडि बढ्दै टेलिकम कारोबारमा आए र रिलायन्स जियो इन्फोकम (जियो) को जन्म भएको उनले बताए । मुकेश अम्बानीले भने,“मेरा पिता मलाई सधै टेक्सटाइल कम्पनीसम्म मात्रै सीमित राख्नु हुदैन । यदि तिमी टेक्सटाइल कम्पनीबाट अगाडि बढ्न चाहन्छौ भने भविष्यको कारोबारलाई अपनाउनु आवश्यक छ र आगामी पुस्ताको प्रतिभामा लगानी गर्नुपर्छ ।”
रिलायन्स इन्डस्ट्रिजको टेलिकम क्षेत्रलाई लिएर रोडम्याप सुरुदेखिनै स्पष्ट भएको उनको भनाई थियो । उनले भने,“हाम्रो रोडम्याम यो थियो कि कलिङलाई कुनै पोष्टकार्डभन्दा सस्तो बनाइनु पर्छ । आज यो लगभग सबै रुपमा निःशुल्क जस्तै छ । अब हामी भविष्यतर्फ बढ्दै छौ भने यसले केवल मानिसलाई कुराकानी मात्रै गराउदैन कि यो तमाम अनगिन्ती चिजमा हुने छ ।”

प्रतिक्रिया दिनुहोस्