२०५० सम्ममा तेस्रो ठूलो अर्थतन्त्रमा भारतले जापानलाई उछिन्न सक्छ «

२०५० सम्ममा तेस्रो ठूलो अर्थतन्त्रमा भारतले जापानलाई उछिन्न सक्छ

लन्डन-आगामी ३ दसकसम्मको अवधिमा भारतीय अर्थतन्त्र विश्वका ठूला अर्थतन्त्रहरुको सूचीमा पाँचौबाट तेस्रो स्थानमा उक्लन सक्ने मेडिकल जर्नल लानसेन्टले हालै प्रकाशित गरेको अध्ययनले देखाएको छ ।
विश्वकै ठूला मुलुकहरुको कामकाजी जनसंख्याको आकारमा भएको परिवर्तनमा आधारित भएर यो वर्षको सुरुमा उक्त अनुसन्धान संचालन गरिएको थियो. ।
लानसेन्टको प्रक्षेपण अनुसार २०३० भन्दा अगाडि भारतको कामकाजी जनसंख्या विश्वकै ठूलो हुने छ । यो २०५० भन्दा अगाडि सम्म उच्चतम अवस्थामा पुग्नका लागि लगातार बढिरहने छ ।
पछि गिरावट आउने प्रक्षेपणका बावजुद सताब्दीको अन्त्यसम्ममा विश्वका अन्य मुलुकको तुलनामा भारतमा कामकाजी वयस्कको संख्या बढी रहने छ ।
२०१७ मा भारत विश्वकै सातौ ठूलो अर्थतन्त्र थियो भने हाल यो पाँचौ स्थानमा छ । जनसांख्यिीकि परिवर्तनले भारतालाई २०३० सम्ममा अमेरिका, चीन र जापानपछिको ठूलो अर्थतन्त्र बनाउने सम्भावना छ । २०५० मा भारतले जापानलाई उछिन्दै तेस्रो ठूलो अर्थतन्त्र बन्ने छ र उसको यो स्थान २१०० सम्म कायमै रहने प्रक्षेपणमा उल्लेख छ ।
विश्वका दुई ठूला अर्थतन्त्रहरु अमेरिका र चीनबीचको लामो समयदेखिको प्रतिस्पर्धाले पनि केही रोचक रुपान्तरण गर्ने तय भएको छ । चीनले अमेरिकालाई २०३५मा पछि पार्ने अध्ययनले देखाएको छ । चिनियाँ जनसंख्यामा हुने गिरावटले आर्थिक वृद्धिलाई कटौती गर्ने भएकाले दुई मुलुकबीचको स्थानमा २०९८ मा आएर पुनः फेरबदल हुन सक्ने देखिन्छ ।
गत वर्ष न्यूनतम जीडीपीका आधारमा विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भएको थियो । फ्रान्स र संयुक्त अधिराज्यलाई पछि पार्दै उसले यो स्थान हासिल गरेको आईएमएफको अक्टोबर वल्र्ड इकोनोमिक आउटलुकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
विगतको दसकमा देशको आर्थिक वृद्धि विश्वकै उच्च मध्येको थियो र २०१९ मा जीडीपीको आकार २.९४ ट्रिलियन डलर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्