चुनाव जस्ले जितेपनि अमेरिकी रोजगारी बजार संकटमा «

चुनाव जस्ले जितेपनि अमेरिकी रोजगारी बजार संकटमा

न्यूयोर्क-अमेरिकी चुनाव आउने मिती २ साताको पनि छैन । तर जसले जितेपनि अमेरिकाको अप्ठेरो समस्या भनेको बिग्रिएको रोजगारी बजारको समस्या समाधान गर्नु हो ।
“कटु सत्य भनेको जनवरी २० मा जो राष्ट्रपति भए पनि उनको कामले उनैलाई अप्ठेरोमा पार्न सक्छ,” एस एन्ड पी ग्लोबलका प्रमुख अमेरिकी अर्थशास्त्री बेथ एन बोभिनोले बताए । “अमेरिका मन्दीतर्फ नगएपनि श्रम बजारको तथ्यांकले अर्थतन्त्र कमजोर सुधारकाबीच पछि धकेलिन सक्छ । अमेरिकाको बेरोजगारी अझैपनि ७.९ प्रतिशतको उच्च अवस्थामा रहेको छ ।
अप्रिलमा १४.७ प्रतिशतको उचाइमा पुगेको बेरोजगारी दरले वास्तवमै अमेरिकाको महामारीको श्रम बजारको धरमरको अवस्थालाई अनुपयुक्त प्रतिनिधित्व गर्छ । उपलव्ध रोजगारीको अभावले निरुत्साहित गरेको, स्वास्थ्य सावधानीको बारेमा चिन्तित तथा बालबालिका तथा वृद्धवृाद्धा हेरचाहका लागि घरमै बस्न बाध्य भएका श्रम बजारबाट हटेकाहरु यस अन्तर्गत पर्छन् । उनीहरुका लागि बेरोजगारी दरले कुनै महत्व राख्दैन ।
फेब्रुअरीदेखि श्रम बल छोडेकाहरुलाई फर्काइयो भने र उनीहरुलाई बेरोजगार मानियो भने पनि गत महिना बेरोजगारी दर १०.३ प्रतिशत पुग्न सक्ने एस एन्ड पी रिपोर्टले जनाएको छ ।
बेरोजगारी दर २०२४ अगाडि पूर्व महामारीको अवस्थामा फर्कने अपेक्षा गरिएको छैन । अमेरिकी नयाँ प्रशासननले जनवरीमा आवश्यक भएका मध्ये उनीहरुलाई लाइफलाइन दिन सक्नु पर्ने बोभिनोले बताए ।

अयिकभ मष्बयिन

प्रतिक्रिया दिनुहोस्