टाटा मोटर्सद्वारा एकैदिन १११ वटा गाडी डेलिभरी «

टाटा मोटर्सद्वारा एकैदिन १११ वटा गाडी डेलिभरी

लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशैभरिका ग्राहकलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीको प्रतिकूल परिस्थितिमा पनि एकैदिन १११ गाडी हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको जनाएको छ । उत्कृष्ट बिक्री तथा बिक्रीपश्चातका सेवाहरुको सन्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका अत्याधुनिक तथा सुविधा(सम्पन्न गाडीको बिक्री वितरण र बिक्रीपश्चातका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
यात्रुका लागि सुरक्षामा विशेष ध्यान पु-याइएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ प्राप्त गरिरहेको जनाइएको छ । “टाटाका गाडीहरु सुरक्षित र विश्वसनीय भएकाले ग्राहकहरुको रोजाइमा पर्न सफल भएको छ,” सिप्रदीले भनेको छ । टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागोर–टिगोरलगायत छन् । हालै मात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।
बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गइरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पु-याउँदै आएको छ । साथै टाटा मोटर्सका गाडी खरीद गर्न चाहने खरिदकर्ताहरुले आफूलाई पायक पर्ने टाटा मोटर्सका सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेस्ट ड्राइभ गरी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्