सामसङ दसैं योजनाको पहिलो लक्की ड्र विजेता घोषणा «

सामसङ दसैं योजनाको पहिलो लक्की ड्र विजेता घोषणा

सामसङले दसैं लक्षित ल्याएको ‘बडा दसैं, बिग धमाका’ योजनाको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।
यो अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रिनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत ५ वटा होन्डा हर्नेट १६०आर तथा १० वटा ग्यालेक्सी नोट२० पाउन सक्छन् । पहिलो होन्डा हर्नेट १६०आर ड्र विजेता आबुँखैरेनीका कल्पना थापा भइन् ।
ग्यालेक्सी नोट२० को लागि लक्की ड्र विजेताहरु दमैलीकी मेनुका थापा, गोरखाका राजन भट्टराइ छन् । उनीहरुले पुरस्कार दाबी गर्न मोबाइल किनेका पसलमा वा ९८०१५७२६६(एनसेल प्रयोगकर्ता) र १६६००१७२६६७ (एनटिसी प्रयोगकर्ता) नम्बरमा सम्पर्क गर्न सक्छन् । असोज १६ गतेदेखि सुरु भएको यो योजना मंसिर २ गते सम्म रहने कम्पनीले बताएको छ ।
सामसङ मोबाइलका नेपाल अधिराज्यभर रहेका सामसङ ब्रान्ड स्टोरहरु तथा रिटेलहरुबाट किनेर उक्त योजनामा सहभागी हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्