निशान म्यागनाइट एसयुभी अब नेपाली बजारमा «

निशान म्यागनाइट एसयुभी अब नेपाली बजारमा

निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल” बि–एसयुभि म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ । निशान नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी सुरु गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयुभिमा स्पोर्टी लुक्ससहित एलइडी हेडल्याम्प, एलइडी डीआरएल, फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।
निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्काे टर्बाेचाज्र्ड इञ्जिन हुनेछ । निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टिएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत विभिन्न फिचरहरु उपलब्ध छन् । विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्